राहत पाउनु भएन ? आउनुस खानुस र जानुस

काठमाण्डौ महानगरपालिका-३२, कोटेश्वर, सेतीओपी मार्ग स्थित सेतीओपी क्लवले बिहिबार का दिन देखी लकडाउन मा परी छाक टार्न गार्हो भएकाहरुका लागी सामुहिक मेस सुरवात गरेको छ । सेतीओपी क्लबका सदस्यहरुको पहलमा केही समय अघि दैनिक ज्यालादारी गरी बस्नेहरुलाई राहत बितरण गरिएको थियो भने बिहिबार बाट खानाको प्रबन्ध मिलाएको क्लबका अध्यक्ष रबि रिमालले नेपालीको रेडियोलाई बताएका छन् ।
राहत बितरणका क्रममा घरमा पकाउने ईन्धन समेत नभएको भनी गुनासो आउन थाले पछि सामुहिक मेसको शुरुवात गरेको बताउने क्लबले पहिलो दिन ६२ जनालाई भोजन गराएको छ । दैनिक ज्यालादारी गरेर आम्दानी गर्ने एकल र सामहिक परिवारमा बस्नेहरुले आएर बिहिबार खाना खाएको क्लबले जनाको छ । खाना खाइ सकेपछि प्रतिकृया लिने क्रममा उनीहरु ले १ बजे देखी ३ बजे सम्म गर्दा भोकले खपी नसक्नु भएका कारण एक छाक खाना खान बिहान १० देखी १२ बजे सम्मको समय उपर्युक्त भएको बताए पछि शुक्रबार बाट बिहान १० बजे देखी १२ बजे सम्म को समयमा सामुहिक भान्सा बाट शेवा दिन जनाएको छ ।
हामी नागरिकता हेर्दैनौ, कुन जात हेर्दैन, कहाँ को सोध्दैनौ ! जो जो कोही भोको छु भनेर खाने थाल बोकेर आउँछन् २४ घण्टा थाम्ने गरी पेटभरी खान चाहि दिन्छौ । सरकारको निर्देशन मापदण्ड अनुसार लकडाउन निर्देशिका उल्लघन नहुने गरी मेस मा पाकेको खाना नि:शुल्क खुबाउने काम गरेका छौ । हाललाई क्लवका सदस्य र शुभचिन्तक दाताहरुले दिनु भएको दान बाटै आफूहरुले खाना बाँडिरहेको बताउदै क्लबले नसकेको अबस्थाम र कोही दाताहरु आउछन् भने उनीहरुको दान सहर्ष स्वीकार गर्ने समेत अध्यक्ष रिमाल बताउछन् ।
सफा र स्वास्थ बर्धक खाना ख्बाउने हाम्रो लक्षलाई स्थानिय कुकहरुले पकाउनु हुन्छ । खाने पानी स्थानिय पसलहरुको सहयोगमा प्राप्त भएको छ । सरकारले महामारी फैलिन नदिन आफ्नो तर्फबाट लकडाउन र अन्य कार्य गरि रहँदा अति बिपन्न परिबार भोको नरहुन् र न छट्पट्टिउन भनेर आफूहरुले सरकारको उद्देश्य पूरा गराउन पनी यो मेस चलाएको क्लबका स्वयम् सेबकहरु बताउछन् । क्लबका स्बयम सेबक सदस्य सुमीत भट्टराई भन्छन् “हामीले मात्र लक्ष राखेर हुँदैन दाताहरुलाई हामीलाई सहयोग गर्न अनुरोध गर्दछु । तपाई हामी घरमा टन्न खाने अनि यहि वडा बस्ने केही आश्रित परिबार भोको रहने सुहाएन । हाम्रो यो अभियानलाई साथ दिनुस् । सक्दो शेवा गर्नुस् ।”
त्यस्तै आज क्लवले निर्मल बाल विकाश विद्यालयमा खाजाका सामाग्रीहरू वितरण समेत गरी आएको छ । जहा सुस्थ मनस्थीतीका बालबालीकाहरू अध्ययन गर्ने गर्दछन ।
आज पहिलो दीन भएको हुदा व्यवस्थापनमा केही कमी कमजोरी भएको भएता पनि आगामी दिनमा कमी कमजोरी नराखीने बताइएको छ ।
श्रोतः सन्तोष भट्टराई,नेपालीको रेडियो ।