कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

जागृती एकेडेमी सेमीफाइनलमा

20 June, 21:20 PM

कोटेश्वर सेतीओपी यूवा क्लब तथा एस ओ एस वाल क्लबको संयुक्त पहलमा संचालन भएको हर्मन माइनर सेतीओपी च्याम्पीयन कप २०७६, तेश्रो एसइइ २०-२० ११ साइड ए अन्तर विध्यालय विध्यालय फुटबल प्रतियोगीताको क्वाटर फाइनल सम्मको खेल सकिएको छ ।

आजको पहिलो खेल तथा यस प्रतियोगीताको १९ औ खेल विनायक स्कुल का विरूद्व लुम्बीनी कुमारी विध्यालय विचको खेलमा विनायक स्कुले लुम्बीनी कुमारी विध्यालयलाइ १-० अन्तर ले विजयी भइ पहिलो सेमीफाइनलमा प्रवेश गरेको छ । जर्सी नं. ११ का रविन कुटुले खेल शुरू भएको ३ मिनेटमै गोल गरी टीमलाइ विजयी बनाएका थिए । यस खेलको म्यान अफ द म्याच पनि कुटु नै घोषीत भएका थिए ।

त्यस्तै आजनै भएके अर्को खेलमा न्यु स्टार पोलले एन्जल लर्ड स्कुल लाइ १-० अन्तरले नै विजय हासील गरेको छ । उक्त गोल इशान रायमाझीले गरेका थिए भने यसै विध्यालयका सौरव थापा म्यान अफ द म्याच घोषीत भएका थिए ।

त्यस्तै आज नै भएके अर्को खेलमा एसओएस सानोठीमी गोल्डन वड स्कुल संग ३-२ गोल अन्तरले पराजीत भएको छ । यस खेलमा गोल्डन बडका जर्सी नं. १० का इमन खर्ग, जर्सी नं. ५ का विकाश गुरूङ, र जर्सी नं. १५ का नवराज गुरूङले गरेका थिए भने एसअएसका लागी जर्सी नं १५ का पवन लकाइले दुवै गोल गरी गोल अन्तर कम गरेका थिए । उनी नै यस प्रतियोगीताको म्यान अफ द म्याच घोसीत पनि भएका छन ।

त्यस्तै अज नै भएके अन्तीम क्वाटर फाइनल खेलमा जागृती एकेडेमीले श्री इन्द्रेणी विध्यालयलाइ २-० गोल अन्तरले जीत हासील गरेको छ । यस भन्दा अघीको खेलमा जागृती एकेडेमी लाली गुरास एकेडेमी संग पराजीत भए पनि लाली गुरास बाटीका स्कुलले विध्यालय बाहीरका खेलाडी खेलाएको भनि लिखित उजुरी समय मै गरेके र त्यस उपर छानविन हुदा विध्यालयको दावी सही देखिएकाेले जागृती एकेडेमीलाइ विजयी घोषणा गरी अजको खेल खेलाइएके थियो ।

सेमीफाइनलका दुवै खेलहरू भाेली दिनकाे एक बजे बाट एस अाे एस वाल ग्राम सानाेठीमीकाे खेल मैदानमा हुनेछ