कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

निःशुल्क सामूहिक खाना भोली देखी खुवाइने

8 April, 9:32

काठमाडौं, चैत्र २६ । काठमाडौँमा दैनिक ज्यालादारी गरी खाने तथा सानो तिनो काम गरी खाने अधीकांश जनतालाइ एक छाक खान पनि धौधौ पर्दै गएको छ । काठमाडौँका महानगरपालीकाले प्रदान गरेको राहतले पुरै मल्हम लगाउन सकेको अवस्था पनि नरहेकोले काठमाडौँ महानगरपालीका वडा नं. ३२ स्थीत सेतीओपी यूवा क्लवले आफ्नै भवनमा २०७६ साल चैत्र २७ गते विहीवारबाट निःशुल्क खाना खुवाउने निर्णय गरेको छ । उक्त खाना दिनको १ बजे देखी ३ बजे सम्म खुवाइने छ ।
सहज अवस्था नबनेसम्म यसरी निःशुल्क खाना खुवाउने पनि सो संस्थाले जनाएको छ ।
हाल विश्वका अधिकांश देशहरू कोरोना माहामारीमा अल्झीरहेको बेलामा हाम्रो देश नेपाल पनि यसबाट मुक्त हुन सकेको छैन आजको दिन सम्म यो माहामारीले हामीकहा भयावह अवस्था नदेखीए पनि हेलचेक्राइ भने कही कतैबाट हुनु हुदैन । सानो अपरीपक्वताले अहीले ठूला देशहरूलाइ निल्नु न ओकल्नुको अवस्थामा पुर्याएको छ । यो विशम परिस्थीतीमा हामी सबैजना कसैको बल बाट भन्दा पनि आफैबाट सजग हुन आवस्यक छ ।

यस अभियानमा सामुदायीक सेवा तथा विकाश समाज अन्तर्गत सामुदायीक प्रहरी र कोटेश्वर प्रहरी प्रभाग कोटेश्वरकाे विशेष सहयाेग रहने छ ।