कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

निशुल्क भोजन निरन्तर संचालन गरिने

15 April, 16:20

बैशाख ३ २०७७, आज देखी सेतीओपी युवा क्लवले आफ्नो योजना परिवर्तन गरेको छ । विगत ६ दिन देखी निरन्तर निशुल्क खाना प्रदान गर्दै आइ रहेकोमा आज देखी प्याकिङको व्यवस्था गरेको छ । विगतमा दिइरहेको सेवा सुविधा नघटाइकन सेवा सुविधा उपलव्ध गराइ आइ रहेको छ ।
कामपा ३२ वडा अन्तर्गत पर्ने यस सेती ओपी यूवा क्लव ले ३२ वडामा सक्रमण थपीदै गए पछी यो अवधारणा अगाडी सारेको हो ।
हिजो अस्तीको तुलनामा यो अभ्यास सही लागेको र आगामी दीनमा पनि यही अनुसार गर्दै जाने क्लवले जनाएको छ ।
अहिले सम्म क्लवले १००० जना भन्दा बढीलाइ खाना खुवाइ सकेको छ ।

फोटोहरूको लागी यहा क्लीक गर्नु होला