कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

न्यू स्टार पोल एकेडेमी सेती ओपी च्याम्पीयन

23 June, 22:17

सेती ओपी यूवा क्लव र एसओएस बाल क्वल सानोठीमीको संयुक्त आयोजनामा यही जेठ ३१ गते बाट असार ८ गते सम्म एसओएस बालग्राम सानोठीमीमा संचालन भएको भएको खेलमा न्यू स्टार पोल एकेडेमी गोठाटार विजयी भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष प्रमुख अतीथी भइ संचालन भएको खेलमा न्यू स्टार पोल एकेडेमीले विनायक शिक्षा निकेतन इङलीस सेकेण्डरी स्कुल लाइ २–१ अन्तर ले विजयी भएको हो ।

न्यूस्टार पोलका जर्सी नंं १७ का राजीव खड्काले खेलको पाचौ मिनेटमा गोली गरी टीमलाइ अग्रता मात्र दिलाएनन यस प्रतियोगीतामा आफु सर्वाधिक गोलकर्ताको रुपमा आफुलाइ परिचीत समेत गराए यो गोल संगै उनको यो प्रतीयोगीता अवधी भर चौथो गोल भएको थियो । सोही टीममा जर्सी नं. ८८ का राजीव खड्काले सातौ मिनेटमा गोल गरी विद्यालयलाइ २–० को अग्रता दिलाए ।

पहिलो हाफ सम्म २–० को अग्रता लिए पनि विनायक शिक्षा सदनले १ गोल फर्काउन सफल भए पनि जीत हासील भने गर्न सकेन । निक्कै राम्रा अवसरहरु विनायकले गुमाएको थियो । निर्धारित समय सम्म २–१ कै नतिजामा प्रतियोगीता सकिएको थियो ।

प्रतियोगीता सम्मन्न पश्चात भि आर्ट एकेडेमीका भाइ बहीनीहरुले निक्कै राम्रो नाच प्रस्तूत गरेका थिय । उनीहहरुको यो प्रस्तुतीले फुटबलको मैदान नै केहीबेर रोमाञ्चीत बनाएको थियो ।

उक्त प्रस्तुती पश्चात यस प्रतियोगीताका प्रमुख अतिथी तथा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्थानिय स्तरमा हुने जुन सुकै फुटबल प्रतियोगीतालाइ आफुले सक्दो सहयोग गर्ने र सेतीओपी क्लव तथा एसओएस संग मिलेर फुटबल विकाशको लागी आफु काम गर्न तयार रहेको बताउनु भयो । उहालाई कार्यक्रममा एसओएस बाल ग्राम नेपालका प्रमुख इश्वरी प्रसाद शर्माले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

त्यस्तै एसओएस बाल ग्राम नेपालका प्रमुख इश्वरी प्रसाद शर्माले स्थानिय स्तरमा स्थानिय संघ संस्थाहरु संगको सहकार्यबाट खेलकुदको विकाशमा टेवा पुग्ने भन्दै सेती ओपी संग मिलेर आगामी खेलकुदका कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो ।
त्यस्तै एसओएस बाल ग्राम सानो ठीमीका प्रमुख खगेन्द्र नेपालले सेती ओपी संगको सहकार्यमा एसओएस लाइ राष्ट्रिय लिगमा सहभागी गराउने बताउनु भयो ।

इसै कार्यक्रममा विशेश सहयोग गर्ने हरुलाइ मायाको चिनो प्रदान गरीएको थियो । साथै विजयी विद्यालय तथा उप विजेता विद्यालयलाइ इश्वरी प्रसाद शर्मा, रवि रिमाल, तथा खगेन्द्र नेपालले संयुक्त रुपमा सिल्ड मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरीएको थियो ।
यस प्रतियोगीतामा वेष्ट कोच न्यू स्टार पोललका कोचले पाएका छन भने फेयर प्ले एसओएस स्कुल सानोठीमीले पाएको छ ।

त्यस्तै प्रतियोगीता अवधीभरको उत्कृष्ट खेलाडी न्यू स्टार पोलका क्याप्टेन जर्सी नंं ७ का सौरभ थापा भएका छन उनलाइ ११ कक्षा अध्ययनको लागी ग्रामर स्कुलले छात्रवृत्ती प्रदान गरेको छ । त्यस्तै सर्वाधिक गोलकर्ता पनि न्यू स्टार पोलका जर्सी नंं १७ का राजीव खड्का, वेष्ट गोलकिपर विनायक शिक्षा निकेतन इ.स्कुलका अमर नेवार भएका छन भने वेष्ट डिफेन्स न्यू स्टार पोलका जर्सी नंं १३ का सुसान केसी भएका छन । यी तीनै जना भाइहरुलाइ मासीस शुल्कमा पुरै छात्रवृत्ती प्रदान गरेको छ न्यू भिजन एकेडेमी कोटेश्वरले ।
यस प्रतीयोगीतालाइ सहयोग गर्नु हुने सबै प्रती कोटेश्वर सेती ओपी यूवा क्वल आभार प्रकट गर्दछ ।