कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

न्यू स्टार पोल र विनायक फाइनलमा

21 June, 18:09 PM

एसओएस हर्मन माइनर सेतीओपी च्याम्पीयन कप २०७६, तेश्रो एसइइ २०–२० ११ साइड ए अन्तर विद्यालय फुटबल प्रतियोगीतको सेमीफाइनल खेल सम्पन्न भएको छ ।

आज दिनको १ बजे एसओएस वाल ग्राम सानोठीमीको खेल मैदानमा भएको पहिलो खेल गोल्डन वड स्कुल र न्यू स्टार पोल गोठाटार विच भएको खेलमा निर्धारीत समय सम्म पनि कुनै गोल हुन नसकी खेल बराबरीमा टुंगीएपछि पेनाल्टी सुट आउटमा गएको थियो ।

पेनाल्टीमा न्यूस्टार पोलका जर्सी नंं ७, ८८, १३, र २१ नं. का खेलाडीले गोल गरेका थिए भने गोल्डन बड स्कुलका जर्सी नंं ७,१०,र ५ का खेलाडीले गोल गरे भने जर्सी नं. १८ र ७७ गोल गर्न बाट चुकेका थिए । यो संग संग न्यूस्टार पोल स्कुल ४ गोल्डन वड ३ को नतिजाबाट न्यूस्टार पोल यस प्रतियोगीताको फाइनलमा प्रवेश गरको छ ।

यस खेलको म्यान अफ द म्याच न्यूस्टार पोलका जर्सी नंं ७ का सौरभ थापा लाइ प्रदान गरीको थियो

यस्तै आज नै भएको अर्को खेल विनायक स्कुल ठीमी र जाग्रीती स्कुल नरेफाट कोटेश्वरका विच भएको थियो ।

खेल शुरु भएको ३ मिनेटमा नै विनायक स्कुलका जर्सी नं. १० का शुशिल मानन्धरले गोल गरी खेललाइ जीत तर्पm अगाडी बढाएका थिए । त्यस्तै खेलको दोश्रो हाफको चौथौै मिनेटमा जर्सी नंं १७ का आभास बस्नेतले गोल गरी गोल अन्तर दोब्बर बनाएका थिए । यो गोल संगै विनायक स्कुल फाइनलमा प्रवेश गरेको छ । यस खेलका म्यान अफ द म्याच गोलकीपर जर्सी नं. १ का अमर नेवार लाइ प्रदान गरीएको छ । उनले निक्कैनै राम्रो बचाउ गरेका थिए ।

अब को फाइनल खेल आगामी असार ८ गते आइतवार दिनको २ः३० मा न्यू स्टार पोल र विनायक स्कुलका विच हुनेछ ।
प्रथम हुने विद्यालयले सिल्ड मेडल प्रमाणपत्र लगायत ३०,०००÷– रु तिस हजार नगद प्राप्त गर्ने छन भने दोश्रो हुने विद्यालयले सिल्ड मेडल प्रमाणपत्र लगायत २०,०००÷– रु विस हजार नगद प्राप्त गर्ने छन

यस प्रतियोगीतामा उत्कृष्ठ खेलाडी लाइ ग्रामर स्कुल कोटेश्वरले छात्रवृत्ती प्रदान गरेको छ भने उत्कृष्ठ गोलकिपर, रक्षक र प्रतियोगीता अवधीभर सबै भन्दा बढी गोल गर्ने खेलाडीलाइ न्यू भिजन एकेडेमी कोटेश्वरले मासीक शुल्कमा पुरै छात्रवृत्ती प्रदान गरेको छ भने प्रतियोगीताको लागी समाजसेवी रेवती घिमीरे, समाज सुधार यूवा क्लव, गोर्खा व्रुअरीका तर्पmबाट रेडबुल, र नेपाल यातायात बाट सहयोग प्राप्त भएकोछ ।

फाइनल खेलमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिं लगायत एसओएस बालग्राम नेपालका प्रमुख इश्वरी प्रसाद शर्माको विशेष उपस्थीती रहने छ ।