सहभागी भइ दिन हुन
क्लवका सम्पुर्ण पदाधीकारी लगायत सदस्यहरूमा अनुराेध महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरकाे पत्र यस क्लवलाइ प्राप्त भएकाे हुदा उक्त पत्र अनुसार उपस्थीत भइ कार्यतक्रमलाइ सफलता पुर्वक सम्पन्न गरी दिनु हुन अनुराेध छ ।
पत्रकाे व्यहाेरा यस प्रकार छ ।
नेपाल सरकार
गृह मन्त्रालय
महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वर
प्रशासन शाखा
पत्र संख्या ०७५/७५
चलानी नं. १३७६
मिति २०७५/०३/२६ गते
विषयः सहभागी भइ दिन हुन
श्री अध्यक्ष ज्यू
सेतीअाेपी यूवा क्लव काेटेश्वर
उपराेक्त सम्बन्धमा गृह प्रशासन सुधार कार्ययाेजना २०७४ काे बुदा नं. ३८ मा टाेल टाेलमा प्रहरी अभियान कार्यक्रम-२०७५ संचालन गर्ने भन्ने कार्ययाेजनालाइ लागु गर्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. श्री मनाेज न्याैपाने ज्यूकाे प्रमुख अातिथ्य र महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रमुख प्र.ब.उ. श्री विश्वराज पाेख्रेलज्यूकाे बिशेष अातिथ्यमा टाेल टाेलमा प्रहरी अभियान कार्यक्रमकाे सुभारम्भ बृहत र्याली सहित निम्न मिति समय र स्थानमा हुने भएकाे हुदा यहाँ/यहाँकाे संस्था र संलग्न पदाधिकारीहरू (सम्बन्धित स्कुल/कलेजका बिद्यार्थीहरू) समेतकाे गरीमामय उपस्थीतीकाे लागी हार्दिक अनुराेध गरीएकाे छ ।
कार्यक्रमः
मितिः २०७५/०३/३० गते शनिवार ।
समयः बिहान ७ः३० बजे ।
र्यालीकाे प्रस्थान स्थानः कामनपा ३१ मिनभवन ट्रलिबस ।
रूट/कार्यक्रम स्थलः मिनभवन-तिनकुने परिक्रमा गरी तिनकुने स्थित राेयल व्याङ्वेटकाे हल।
दस्तखत
कार्यालय प्रमुख
(गाेबिन्द राज काफ्ले)
प्रहरी नायव उपरीक्षक