कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

सागर गुरुङको ह्याट्रिक

15 June, 21:29

२०७६/०२/३२ गतेः तेश्राे हर्मन माइनर सेतीओपी च्याम्पीयन कप फुटबल प्रतियोगीताको आज भएको पहिलो खेलमा लाली गुरास एकेडेमी नरेफाटले वाकओभर पएको छ निर्धारित समय १० बजे देखी खेल शुरु हुनु पर्नेमा समयमा उपस्थीत नभएको हुदा लाली गुरासलाइ वीजयी घोषणा गरीएको हो ।

त्यस्तै आज नै भएको जागृती एकेडेमी र ज्ञान निकेतन एकेडेमी विच भएको खेलमा जर्सी नंं ७ का सागर गुरुङले १६, ३४ र ३९ औ मिनेटमा गोल गरी ज्ञान निकेतन स्कुललाइ विजयी बनाएका छन । यस प्रतियोगीताको यो पहिलो ह्याट्रिक पनि हो भने यस खेलको म्यान अफ द म्याच पनि सागर गुरुङ नै भएका थिय ।

त्यस्तै आज नै भएको अर्को खेलमा नवरत्न र चण्डेश्वरी विच निर्धारित समय सम्म पनि एक एक गोल भइ खेल बरावरी भएकोमा ट्राइब्रेकरमा चण्डेश्वरी ४–नवरत्न ३ गोल भइ चण्डेश्वरी विजयी भएको छ भने यस खेलको म्यान अफ द म्याच चण्डेश्वरीका जर्सी नंं ८ का सुजन माझी भएका छन

त्यस्तै अर्को खेलमा एन्जल लर्ड स्कुल र विच भएको खेल पनि ट्राइब्रेकरमा टुंगीएको थियो निर्धारित समय सम्म कुनै पनि बिद्यालयले गोल गर्न नसके पछि खेल ट्राइब्रेकरमा गएको हो । ट्राइब्रेकरमा एन्जल लर्ड ५–४ ले विजयी भएको छ भने यस खेलको म्यान अफ द म्याच जर्सी नंं १४ का बुद्ध तामाङ ले पाएका थिए ।

त्यस्तै रत्न शिक्षा र एजीएम स्कुल विच भएको खेलमा खेलको ६ मिनेटमा विशाल शेरचनले गोल गरी टीमलाइ अग्रता दिलाएका थिए भने जर्सी नंं २ का अनुप घिमीरेले मैदानकोमध्य भागबाट १६ औ मिनेटमा गोल गरी गोल अन्तर बढाएका थिए । त्यस्तै गरी ३४ औ मिनेटमा जर्सी नंं ७ का साहित्य भट्टले गोल गरी टीमलाइ ३–० को नतिजा दिलाइ एजीएम स्कुल विजयी भएको छ ।

आज नै भएको अन्तीम खेलमा न्यू स्टार पोलले अन्न पुर्ण स्कुललाइ ३–० ले पराजीत गरेको छ खेलको १० औ मिनेटमा जर्सी नंं १० का सोम रायमाझी २० औ र ३५ औ मिनेटमा मिनेटमा राजीव खड्का ले गोल गरी न्यूस्टार पोल विजयी भएको छ भने म्यान अफ द म्याज जर्सी नंं ७ का सौरभ थापा भएका छन ।

भोलीको खेल दिनको १ बजे देखी सुरु हुनेछ ।