सेतीओपी क्लवद्वारा संचालीत निशुल्क भोजन बन्द गर्ने

कोटेश्वर सेतीओपी यूवा क्लवद्वारा २०७६ साल चैत्र २७ गते बाट संचालन गरीएको निशुल्क भोजन २०७७ साल बैशाख २७ गते अन्तीम गर्ने निर्णय गरेको छ । क्लवको २२७७ साल बैसाख २५ गते साझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।
विश्वमा फैलीएको कोरोना सक्रमणले देशमा भइरहेको अस्तव्यस्तताको कारण दैनिक ज्याला मजदुरी गरी खाने वर्गहरु आक्रान्त बनेको अवस्थामा यस सेती ओपी यूवा क्लवले प्रत्येक दिन १० बजे देखी १२ बजे सम्म निशुल्क भोजन २०७६ साल चैत्र २७ गतेबाट गराउदै आएकोमा हाल नेपाल सरकार मन्त्री परिषदको मिती २०७७ साल बैसाख २४ गतेको निर्णय अनुसार लकडाउन लम्ब्याउदै जेष्ठ ५ गते पुर्याएको साथै संक्रमीतहरुको संख्या सय भन्दा माथि पुगीसकेको अवस्थामा नेपाल सरकारले अधीकांश क्षेत्रहरु खुल्ला गरे यता यस सेतीओपी यूवा क्लव द्धारा संचालीत निशुल्क भोजन कार्यक्रममा बातावरणीय तथा सवारी आवागमनका हिसावले असर पुग्ने देखीएकोले क्लवको मिति २०७७ बैसाख २५ गते बसेको बैठकले २०७७ साल बैसाख २७ गते सम्म संचालन गरीने (२८ गते आइतवारबाट बन्द गर्ने) निर्णय गरेको हुँदा यस महान अभियानमा सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगी दाताहरु, स्वंयसेवकहरु, सुरक्षा निकाय तथा स्थानिय निकाय हरु प्रती आभार प्रकट गर्दे आगामी दीनमा पनि यस्तै सहयोगको अपेक्षा क्लवले गरेको छ ।