हाम्रो इतिहास
यस कोटेश्वर सेतीओपी यूवा क्लव कोटश्वर क्षेत्रको साविक कोटेश्वर गावीस बाट काठमाण्डौ वडा नं १०, काठमाण्डौ महानगरपालीका वडा नंं ३५, हुदै हाल वडा नं. ३२ को प्रमुख क्लवहरु मध्ये एउटा क्लव हो । यो क्लवले तेश्रो पुस्ता सम्मको निरन्तर आप्mना सामाजीक यात्राहरु सफलता संग पार गर्दै खेकुदका माध्यमले होस वा अन्य गतिविधीका माध्यमले अगाडी बढी रहेको छ ।
यो क्लव विधिवत रुपमा दर्ता हुनु भन्दा अगाडी समाजसेवी स्व.भाइलाल अवाले, किसान स्व. अष्टमान तण्डुकार, अग्रज दाजु स्व. सरोज कुमार पौडेल, समाजसेवी श्रीराम खड्का दामोदर प्रसाद अधिकारी वाल प्रसाद रिमाल, बच्चुराम कार्की, माधव प्रसाद घिमिरे, र श्रवण कुमार भट्टराइ लगायत यस क्षेत्रमा रहनु हुने सबै मानिसहरुको उत्तीकै हात रहेको छ ।
समुन्नत समाज निर्माणमा यूवाहरुको प्रत्यक्ष सहभागीता आवस्यक भन्ने उहाँहरुको मुल मर्मलाई आत्मसात गर्दै क्लवले आप्mना कार्यक्रम गर्दै आइरहेको छ ।
क्लवलाई विधिवत रुपमा सम्बन्धित निकायमा दर्ता गरी संचालन गर्ने भन्ने सामुहीक भेलाले गरेको निर्णय अनुसार २०५० साल श्रावण २० गते निम्नानुसारको तदर्थ समिति गठन गरी विधान निर्माण गरीयो ।
अध्यक्ष श्रवण कुमार भट्टराइ, उपाध्यक्ष नारायण अधिकारी, सचिव रवि रिमाल, कोषाध्यक्ष श्री चन्द्र तण्डुकार, सदस्य राजुमान सिंह बस्नेत, अच्युत बुढाथोकी, दीपक गुरुङ, उद्धव बोहरा, र प्रदिप रिमालको कार्य समिति निर्माण गरी २०५० साल कार्तिक १९ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी काम गर्दै आएको ।
त्यस बेला क्लवले कोटेश्वर चोकमा अस्तव्यस्त, दिनकै दुर्घटना हरु बढ्दै गएको जसलाई स्थानिय स्तरबाटै पहल गर्नु पर्छ र न्यूनिकरण गर्नु पर्छ भनि सम्बन्धित सरकारी निकार्य गैर सरकारी संस्थाहरु तथा यस क्षेत्रका यूवाहरुलाई सार्वजनिक रुपमा भेला गराई सरकारी जमीन मिचेर बनाइएका टहरा तथा पसलहरु खाली गर्ने र चक्रपथ क्षेत्रलाई पनि मनहरा पुल सम्म खाली गर्ने भन्ने निर्णय गरी पुरै खाली गराइएको । क्लवको अगुवाइमा उक्त कार्य सम्पन्न भए पश्चात चक्रपथ क्षेत्रमा रहेका तरकारी पसलहरुलाई व्यवस्थीत गर्नको लागी क्लवले अाफ्नाे पहलमा जिल्ला प्रसासन कार्यालयको निर्णय र वडा कार्यालयको निर्णय अनुसार कोटेश्वर बालकुमारी मनहरा पुल देखि झोलुंगे पुल सम्मको नदि उकास जगा भोग गरी उक्त बजारलाई त्यहा व्यवस्थीत गर्ने भन्ने निर्णय गरी क्लवलाई पत्राचार गरीए अनुसार हाल पनि उक्त क्षेत्र क्लवकै संरक्षकत्वमा रहेको तर बजार उक्त क्षेत्रमा तत्कालीन अवस्थामा नगएको बरु सार्वजनिक जमीन छाडेर व्यक्तिका घर जग्गामा भाडामा लिई सरेको ले संरक्षीत उक्त जमिनमा लगभग १० वर्ष भु माफीया मुद्दा लडेर समय विताउनु उक्त मुद्दाको फायल अहिले पनि नगर विकाश कार्यालयमा हुनु पर्छ । भने कुनै बेला सुकुम्बासीका नाउमा हुकुमवासी संग तर यी दुवै प्रवित्तीका व्यक्तिहरुलाई उक्त जमिनबाट पछाडी हटायौ । आज उक्त ठाउ हरा भरा भएको छ । काठमाण्डौको उकुस मुकुस भएको वातावरणलाई अलीकती भए पनि स्वच्छ वातावरणको राहत मिलेको छ ।