कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

क्लबको सन्देश

कुनै बेला यस्ताे थियाे जिल्ला प्रशासन कार्यालयकाे नमुना विधान ल्यायाे ९ / १० जना देखी २०/२५ जना मिल्याे खाली ठाउ भर गरेर संस्था दर्ता गरी संस्थाका नाउमा केही सीमित व्यक्तीले संस्थालाइ झाेलामा राख्दै लाभ र हानीकाे चलखेल गर्दै समग्र सामाजीक कार्य गर्दै अगाडी बढ्ने सस्थाहरूलाइ समेत निरूत्साहीत गर्दै अन्तर्राष्ट्रिय सस्थाहरूकाे सहयाेगमा स्थानिय हामी जस्ता संस्थाहरूकाे धज्जी उडाउने काम हरू भइ रह्याे । अाज ती संस्थाहरू हाम्रा अगाडी छैनन । किनकी ती संस्थाहरू केही समय कमाउनकालागी अाएका संस्थाहरू थिए । जसरी अाए त्यसरी नै हराउदै गए । न तिनले समाजका लागी केही गरे । न वातावरण बनाएर गए । छाप छाडेर गए नकारात्मक सन्देश छरेर गए । दाेश्राे पीढीहरूलाइ हाम्रा जस्ता सामाजीक संस्थाहरूमा अावद्द नहुने वातावरण छरेर गए । अब याे हाम्राे समाजमा धेरै ठूलाे खाडल बनीसकेकाे छ । यसलाइ पुर्ती गर्न तपाइहामी सबैकाे सहयाेग र सहकार्यकाे अावस्यकता छ । राजनितिक चिन्तनलाइ राजनैतिक दलमै छाडेर । समाजमा सकारात्मक सामाजीक चेतना जगाउन अावस्यक छ । तपाइ हाम्रा भाइ बहीनीहरूलाइ समेटदै नया साेचकाे समाज निर्माण गर्नु छ । अाउनुस हातमा हात  मिलाअाै तपाइ हाम्राे समाज हामीले नै बनाउने हाे बनाअाै ।