कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

तेश्रो २०-२० SEE फुटबल प्रतीयोगीता जेठ ३१ बाट

Apr 23, 02 PM

आगामी जेठ ३१ गते शुक्रवार असार ८ गते शनिवार सम्म कोटेश्वर सेती ओपी अन्तर्गत च्याम्पीयन व्वाइज र एसओएस वाल क्लव विचको सम्युक्त आयोजनामा अन्तर विद्यालय तेश्रो २०-२० SEE फुटबल प्रतीयोगीता संचालन हुने भएको छ । यस्ता किसिमका प्रतियोगीताहरू क्लवको नियमीत कार्यक्रम रहेको क्लवले जनाएको छ ।

पहिलो पटक ललितपुर च्यासलको खेलमैदान बाट २०-२० SEE फुटबल प्रतीयोगीता, दोश्रो काठमाण्डो स्थीत सानो गौचारण र कक्षा १२ सम्मको २०७५ सालमा मोर्डन इन्डीयन स्कुल चोभारमा सफलतापुर्वक सम्मन्न गरीसकेको यस क्लवले यो वर्ष सानो ठीमी स्थीत एसओएस बाल क्वलसंगको सहकार्यमा सम्पन्न गर्ने छ ।

यस प्रतीयोगीतामा २०७५ सालको SEE परिक्षामा सामेल भएका सोही विद्यालयका नियमीत विद्यार्थी समेत सहभागी गराउने गरी १० कक्षासम्म नियमीत अध्ययन गरी रहेका विध्यार्थीहरू समावेश हुन पाउने छन र खेल नकआउटका आधारमा खेलाइने पनि आयोजकले जानकारी दीएको छ । प्रतीयाेगीताका सबै खेलहरू एसओएसको खेल मैदान सानोठीमी मा हुने छ ।

विजेता तथा उपविजेता विद्यालयले नगद ३००००/- र २००००/- सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

क्लवले  आवेदन फारमहरू आफ्नै वेव साइटमा राखेको छ उक्त फारम डाउनलोड गरी भरेर पठाउन सकिने व्यवस्था समेत गरेको छ । यस प्रतीयोगीताकोलागी प्रवेश शुल्क वापत रू. ५५००/- अक्षेरूपी रू पाचहजार पाच सय तोकीएको छ उक्त रकम क्लवमै आइ बुझाउन अथवा क्लवको प्राइम कमर्शीयल वैकं कोटेश्वर शाखाको ( कोटेश्वर सेती ओेपी यूवा क्लव खेलकुद खाता नं. (023003611 U) मा जम्मा गरेको भौचरका साथ जेठ १५ गते सम्ममा क्लवमा आइपुग्ने गरी पठाउन हुन सम्बन्धीत विद्यालयरूलाइ आमन्त्रण गरीन्छ ।

फारामहरू यहा उपलव्ध छ

निवेदन

फाराम

नियम

अनलाइनबाट भर्नकाे लागी लिंक यहा छ क्लीक गर्नु हाेाला